काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । खड्कालाई भेट्न राउत उनकै निवास गल्फुटार पुग्नुभएको हो ।
भेटमा उहाँहरूले बधाई तथा शुभकामना साटासाट गर्नुभएको थियो। हालैको प्रतिनिधि सभा निर्वाचनमा खड्का सुर्खेत–१ र राउत सप्तरी–२ बाट निर्वाचित हुनु भएको हो ।
भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच