काठमाडौं महानगर : बालेनले अग्रता कायमै, आफ्नै वडामा पछि परे स्थापित

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम राख्नुभएको छ । पछिल्लो ताजा मतपरिणाम अनुसार लौरो चुनाव चिन्ह लिनुभएका शाहले २१ हजार १११ मत प्राप्त गर्नुभएको छ ।

शाहलाई निरन्तर पछ्याई रहनुभएका नेकपा (एमाले)का मेयर पदका उम्मेद्वार केशब स्थापितले १० हजार ९९८ मत ल्याउनु भएको छ ।

यस्तै, गठबन्धनकी साझाँ उम्मेद्वार नेपाल कांग्रेसकी सिर्जना सिंहले १० हजार १७३ मत ल्याउनुभएको छ ।

मतगणना जारी काठमाडौंको २८ नम्बर वडामा समेत स्थापित पछि पर्नुभएको हो। जुन वडा स्थापितको हो । यहाँ बालेनले ३७८ भोट ल्याउँदा स्थापितको ३४५ मात्रै भोट आयो ।

शनिबार बिहान पौने दश बजेबाट सुरु भएको मतगणना जारी छ । पहिलो स्थानमा रहनुभएका शाह र दोस्रो स्थानका स्थापितबीच दश हजार ११३ भोटको मतान्तर रहेको छ ।

सुस्त गतिमा चलिरहेको मतगणनामा वडा नम्बर १,२,३ र ५ को सकिएको छ भने अहिले ३,,५,७,२९ र ३० को मत गणना चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?