काठमाडौं महानगर र अभियन्ता ई: का प्रतिनिधिबीच वार्ता जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ई: को टोलीबीच भएको वार्ता जारी ।

काठमाडौंको सभा गृहमा काठमाडौं महानगरपालिकाको प्रतिनिधि र अभियन्ता ई: का टोलीहरुबीच वार्ता भइरहेको हो ।

मेयर बालेन शाह अनुपस्थित वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ई: का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी हुनु हुन्छ ।

उपमेयर डंगोलले मंगलबार बिहान ई: लगायतसँग भेटेर कुराकानी गरेपछि वार्ताको वातावरण बनेको थियो । भेटमा उपमेयर डंगोलले ई: ले उठाएका मागहरुप्रति महानगर संम्वेदनशील रहेको बताउनु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?