प्रदेशसभा समानुपातिकतर्फ मधेशमा कांग्रेसलाई धेरै मत, एमाले दोस्रो हुँदा जनमत पार्टी तेस्रो

Read Time = 1 min

काठमाडौं । प्रदेशसभा समानुपातिकतर्फ मधेश प्रदेशमा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअुनसार कूल २० लाख ८६ हजार २९८ मतमध्ये कांग्रेसले ४ लाख १४४ मत प्राप्त गरेको छ ।

मधेशमा एमाले ३ लाख ५१ हजार ७६८ मतसहित समानुपातिकतर्फ दोस्रो दल बनेको छ भने पहिलोपटक निर्वाचनमा सहभागी बनेको चन्द्रकान्त राउत सिके नेतृत्वको जनमत पार्टी तेस्रो दल बन्न सफल भएको छ ।

उक्त पार्टीले ३ लाख २९ हजार १७७ मत प्राप्त गरेको छ ।  यस्तै चौथोमा जनता समाजवादी पार्टी रहेको छ । उसले २ लाख ९८ हजार ७७४ मत ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?