दक्षिण कोरियामा भागदौड प्रकरणः गृहमन्त्रीलाई बर्खास्त गर्न संसदको आह्वान

हिमालय टाइम्स
Read Time = 2 mins

सीउल । दक्षिण कोरियाको संसद्ले इटावोनमा ह्यालोविन उत्सवमा भएको ठूलो मानवीय क्षतिमा सरकारको ‘रेसपोन्स’लाई लिएर गृहमन्त्रीलाई बर्खास्त गर्न आह्वानको प्रस्ताव पारित गरेको छ ।

अक्टोबर २९ मा उत्सव मनाउने क्रममा भाडदौड हुँदा १५६ जनाको मृत्यु हुनुका साथै १५२ जना घाइते भएका थिए । उक्त घटनापछि गृहमन्त्री ली साङ–मिनमाथि राजीनामा दिन दबाब बढेको छ ।

विपक्षीको बाहुल्यता रहेको संसदले आइतबार उक्त प्रस्ताव पारित गरेको हो । तर, राष्ट्रपति युन सुक–योलले गृहमन्त्रीको राजीनामाको मागलाई अस्वीकार गर्ने अनुमान गरिएको छ । राष्ट्रपतिले प्रस्ताव अस्वीकार गरेमा डेमोक्र्याटिक पार्टीले मन्त्रीलाई महाभियोग लगाउने चेतावनी दिएको योनहाप समाचार संस्थाले जनाएको छ ।

आन्तरिक मन्त्रालयले दक्षिण कोरियाको पुलिसको निरीक्षण गर्दछ, जसलाई सियोलको इटावनमा भएको घटनाका लागि आलोचना गरिएको छ । देशका प्रहरी प्रमुख युन हे-कुनले आपतकालीन जबाफ ‘अपर्याप्त’ भएको भन्दै घटनाबारे पूर्ण अनुसन्धान गर्ने वाचा गरे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?