फ्रान्सले युक्रेनको क्षतिग्रस्त पूर्वाधार मर्मतका लागि सामग्री र पैसा जुटाउने

हिमालय टाइम्स
Read Time = 2 mins

पेरिस । फ्रान्सले युक्रेनको क्षतिग्रस्त पूर्वाधारको मर्मतका लागि सामग्री र पैसा जुटाउनका साथै रुसविरुद्धको किभको लडाइमा पेरिसको जारी समर्थनलाई जोड दिने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन आह्वान गरेका छन् ।

युक्रेन युद्धको बारेमा ताजा टिप्पणीपछि किभमा विवादमा तानिइरहेका बेला फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले राजनीतिज्ञहरू,  ब्लु-चिप कम्पनीहरू र सहायता निकायहरूको भेला मंगलबार आह्वान गरेका हुन् ।

म्याक्रोनले डिसेम्बर ३ मा एक अन्तर्वार्ताको क्रममा रसियालाई युद्धको अन्त्यमा ‘सुरक्षा ग्यारेन्टी’ प्रस्ताव गर्न आह्वान गरेका थिए, जसको केही युक्रेनी र पूर्वी युरोपेली राजनीतिज्ञहरूले आलोचना गरेका थिए ।

फ्रान्सेली नेता र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच आइतवार टेलिफोन संवाद भएको थियो ।

फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोनले ‘राष्ट्रपति जेलेन्स्कीलाई युक्रेनले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई पूर्ण रूपमा पुनः स्थापित गर्न आवश्यक भएसम्म फ्रान्सको समर्थनमा भर पर्न सक्ने स्मरण ’ गराएका थिए ।

‘युक्रेनी जनतासँग ऐक्यबद्धता’ नाम दिइएको उक्त सम्मेलनको पहिलो भागलाई दुबै नेताले सम्बोधन गर्ने कार्यक्रम छ । म्याक्रोन व्यक्तिगत रूपमा र जेलेन्स्की भिडियो लिंकमार्फत सम्बोधन गर्नेछन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?