म्याग्दी । पश्चिम म्याग्दीलाई सदरमुकाम बेनी लगाएत देशका विभिन्न सहरहरुसँग जोड्ने सडकको कालोपत्रे गर्ने योजनाका साथ स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
दरवाङदेखि धारापानी सम्मको ७ किलोमिटर सडक स्तरोन्नतिको योजना सञ्चालनमा छ । मालिका गाउँपालिका केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत पहिलो चरणमा ७ किलोमिटर सडक स्तरोन्नति गर्दै कालोपत्रे गर्ने उद्देश्य छ । दरबाङ देखि धारापानीसम्म सडक स्तरोन्नतिको कार्यले गति लिएको हो । ठेकेदार कम्पनीले सम्झौता समयभित्र योजनाको सवै काम सम्पन्न गर्न मजदुर र उपकरण परिचालन गरेको छ ।
साढेदुईवर्ष अघि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १४ करोड ३८ लाख रुपियाँमा वहुवर्षीय ठेक्का लगाएर सडक स्तरोन्नतीको काम थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।
गाउँपालिका जोड्ने सडकलाई स्तरोन्नती गरी कालोपत्रेको योजना अगाडी बढाउने उद्देश्य अनुसार योजना सञ्चालन भएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयाे । उहाँका अनुसार योजनामा अहिले सम्म ६२ प्रतिशत भौतिक प्रगती भएको छ ।
यसअघि निर्माण गरिएको साघुरो सडकलाई फराकिलो बनाउने र घुम्ती मिलाएर सडक ग्राभेल गर्ने योजना रहेको उहाँले बताउनुभयाे । यो सडक बेनी -दरबाङ-धारापानी-मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजना अन्तर्गत पर्दछ । धवलागिरि गाउँपालिका-७ स्थित बादिकाका भिरमा साघुरो र उकालो सडक भएका कारण दुर्घटनाको जोखिम थियो ।
सडक चौढा पार्ने, बादिकाको उकालोमा भीर काटेर सडक फराकिलो बनाउने, साघुरा घुम्तीलाई चौढा पार्ने, नाली, मेसनरी वाल र ग्राभेल गर्ने गरी २०७६ चैत ४ गते पूर्वाधार विकास कार्यालयले धुलिखेल ब्राइट कुवर जेभीसँग ठेक्का सम्झौता गरेको थियो । बादिकाको भीर भनेपछि आङनै सिरिङ्ग हुने जोखिमयुक्त सडक हो । नालीसहित ७ मिटर सडक फराकिलो बनाउने योजना रहेको कार्यालयले जनाएको छ ।
निर्माण कम्पनीले दरवाङ देखि दाङखोलासम्म सडक चौढा पारेर नाली र ग्यावियन झाली भर्ने काम गरेको छ । बादिकाको भीर काटेर सडक चौढा बनाइएको छ । गत वर्ष भीरको केही स्थानमा पहरा काट्न वाँकी रहेको स्थानमा यो वर्ष कटान गरिने कार्यालयले जनाएको छ ।
भीरमा साघुरो सडक र घुम्तीका कारण सडक निकै जोखिमयुक्त थियो । दरबाङ देखि धारापानी सम्म ७ किलोमिटर सडक स्तरोन्नती गरी ग्राभेल गर्ने योजनाका साथ काम भइरहेको र आगमी चैत महिनासम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयाे ।
अप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्रयाक खोलिएको उहाँले बताउनुभयो । अव धेरै ठाउँमा भीर काट्ने काम सकिएको छ कार्यालय प्रमुख अधिकारीले भन्नुभयाे ‘भीरको पुछारतीर केही भाग कटानगर्न बाँकी छ । ठेकेदार कम्पनीको परिचालन अहिलेसम्म सन्तोषजनक छ । सम्झौता समयभित्र काम सम्पन्न गर्न भनेका छौं ।’
अहिले सम्म ८ करोड ९१ लाख रुपियाँ खर्च भइसकेको र चालु आर्थिक वर्षलाई ४ करोड रुपियाँ गण्डकी प्रदेश सरकारले विनियोजन गरेको उहाँले बताउनुभयाे । काम सम्पन्न भएपछि वाँकी रकम पनि प्राप्त हुने कार्यालय प्रमुख अधिकारीले बताउनुभयाे । बादिकाको अप्ठ्यारो भीरको करिब तिनसय मिटर सडक ढलान गर्ने योजनामा उल्लेख गरिएको छ ।
बेनी दरबाङ मुना लुलाङ गुर्जा ढोरपाटन सडक अन्तर्गत पर्ने यो खण्डको सडक स्तरोन्नति सम्पन्न भएपछि कालोपत्रेको योजना अघि सारिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । यसैगरी धारापानी देखि मुना सम्म १३ किलोमिटर सडक स्तरोन्नतीका लागि डिपिआर तयार पारेर प्रदेश सँग योजना माग गरिएको उहाँले बताउनुभयाे । दाङखोलामा पक्की पुलको काम पनि यसैवर्ष देखि सुरु गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच