काठमाडौं । आयोजक सेन्ट जेभियर स्कुल गोदावरी ललितपुर र लिटिल एन्जल्स स्कुल हात्तीवन ललितपुरले २५औँ संस्करणको फादर मोरान स्मृति विद्यालयस्तरीय आमन्त्रण फुटबल प्रतियोगितामा फराकिलो जित निकालेका छन् ।
सेन्ट जेभियर स्कुल गोदावरीको खेलमैदानमा भएको पहिलो खेलमा सेन्ट जेभियरले आदर्श विद्या मन्दिर (एभिएम) लाई ८-० को भारी अन्तरले पराजित गरेको हो । सेन्ट जेभियरको जितमा सन्देश टुडुले हृयाट्रिकसहित ७ गोल गर्नुभयो । यस्तै, सुशान्त पाण्डेले एक गोल थप्नुभयो । सन्देश नै खेलको प्लेयर अफ दि म्याच चुनिनुभयो ।
दिनको दोस्रो खेलमा सेन्ट जेभियर जावलाखेल र सेन्ट जेभियर स्कुल डिओनिया झापाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सेन्ट जेभियर स्कुल डिओनिया झापाका आरोन आचार्य प्लेयर अफ दि म्याच घोषित हुनुभयो ।
दिनको तेस्रो तथा अन्तिम खेलमा लिटिल एन्जल्सले क्रेसेन्ट एकेडेमी गोदावरीलाई ७-० ले पराजित गर्यो । लिटिल एन्जल्सको जितमा स्मित रावत, आयुषमान थापा र स्वर्णिम घिमिरेले समान दुई तथा राघवकुमार यादवले एक गोल गर्नुभयो । स्वर्णिम घिमिरे प्लेयर अफ दि म्याच चुनिनुभयो ।
सेन्ट जेभियर स्कुल गोदावरीको आयोजनामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता २६ डिसेम्बरसम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच