मलेसियामा बाढीको वितण्डा, ७० हजारभन्दा बढी उद्धार केन्द्रमा

Read Time = 1 min

क्वालालम्पुर । मलेसियामा मनसुनको कारण आएको बाढीले देशको उत्तरी क्षेत्रमा डुबानमा पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि ७० हजारभन्दा बढीलाई उद्धार केन्द्रमा पु¥याइएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

केलान्तान राज्यमा ३१ हजारभन्दा बढी मानिसहरु आफ्नो घर छोडेर भागेका छन् भने हप्ताको अन्त्यमा बाढी आएपछि ३९ हजारभन्दा बढी बासिन्दालाई छिमेकी तेरेन्गानुमा अस्थायी आश्रयस्थलमा सारिएको आधिकारिक बर्नामा समाचार संस्थाले जनाएको छ । वर्षापछि प्रभावित क्षेत्रमा पानीको सतह बढेर तीन मिटरसम्म पुगेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?