धोबिखोला करिडोरमा अवैध संरचना भत्काउँदा सवारी आवागमन प्रभावित

Read Time = 1 min

काठमाडौं । धोबिखोला करिडोर क्षेत्रमा रहेका अनधिकृत संरचना भत्काउँदा काठमाडौंको  सवारी आवागमन प्रभावित भएको छ । काठमाडौं महानगरपालिकाले बुधबार मदन भण्डारी कलेज नजिकदेखि मैतीदेवीसम्म रहेका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेकाले सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको हो ।

यस्तै हनुमानस्थान भाटभटेनीदेखी मैतीदेवीसम्म भने सडक पिचको काम भइरहेकाले सवारी व्यवस्थापनमा थप समस्या देखिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार हनुमानस्थान थापागाउँ हुँदै चल्ने ठूला सवारी साधनलाई भने माइतीघर हुँदै सञ्चालन गराइएको छ ।

यसबाहेक कोटेश्वर, नयाँबानेश्वर, केशरमहल, लैनचौर, सिंहदरबार, पुतलीसडक, नारायण गोपालचोक, चाबहिल, गौशाला, सातदोबाटो र ग्वार्कोमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?