काठमाडौं । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने भएको छ ।
सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टीको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको बताउनु भयो ।
उहाँले सो मन्त्रालयमा पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने निर्णय समेत गरिसकेको जानकारी दिनुभयो । अध्यक्ष राउतले आफू मन्त्रीको लागि योग्य नभएको भन्दै पार्टीले योग्य व्यक्तिलाई छानेर सरकारमा पठाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको तर्फबाट हाम्रो बरिष्ठ उपाध्यक्ष अब्दुल खान जी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जाँदै हुनुहुन्छ । त्यो निर्णय पार्टीबाट भएको छ । म चाहीँ हेर्नुस् खासमा भन्ने हो भनेदेखि म सांसदको लागि पनि त्यति योग्य मान्छे होइन, मन्त्रीको त परको कुरा भयो । त्यही भएर हाम्रो पार्टीले योग्य व्यक्तिलाई नै पठाउँदै छ सरकारमा । उहाँ पनि निकै ठूलो संघर्ष गर्नुभएको व्यक्ति हो ।’
नवनियुक्त प्रधानमन्त्रीसहित गठबन्धनका केही मन्त्रीहरुलाई राष्ट्रपति कार्यालयले आजै अपरान्ह ४ बजे शपथग्रहण गराउने तयारी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच