मुम्बई । अभिनेता सलमान खानले गत २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाए । यही मौकामा उनको एक झलक पाउन हजारौं फ्यान उनको घर अगाडि आएका थिए । सलमान जोकोही फ्यानलाई भेट्न सक्दैनन, तर फ्यान समीरको मामलामा भने उनी अलग देखिए ।
जबलपुर बस्ने समीर चिसो मौसमका बाबजुद पनि ११ सय किलोमिटर साइकल चलाएर सलमानलाई भेट्न पुगेका थिए । सलमानले पनि फ्यानको भावनाको सम्मान गर्दै उनलाई भेटेर फोटो खिचे ।
समीर बाल्यकालदेखि नै सलमानका ठूलो फ्यान हुन् । २२ डिसेम्बरमा समीर चिसो मौसमका बाबजुद पनि जबलपुरबाट साइकल चलाउँदै २९ डिसेम्बरमा मुम्बई पुगे । जब सलमानले आफूलाई भेट्न समीर आएको थाहा पाए, उनी आफैं घर बाहिर आए ।
सलमानले उनीसँग भलाकुसारी गर्दै स्वास्थ्य अवस्थाको बारेमा सोधेका थिए र आफ्नो घरमा खाना पनि खुवाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच