पत्रकार महासंघ बाँकेको साधारण सभा सम्पन्न

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले शाखाको १३ औं साधारण सभा सम्पन्न गरेकाे छ । साधारण सभामा अग्रज पत्रकार संगै अन्य सञ्चारकर्मिहरुलाई सम्मानसमेत गरिएकाे थियाे ।

शाखाको १३ औं साधारण सभाको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ५ जनाअग्रज पत्रकार सगै अन्य पत्रकारलाई पनि नगदसहित सम्मान गरेको हाे ।

नेपाल पत्रकार महासंघका केन्द्रियअध्यक्ष विपुल पोखरेल र जिल्ला शाखा अध्यक्ष दामोदर भण्डारीले प्रेस स्वतन्त्रता सेनानी नरेन्दजंग पिटर, उज्यालो साप्ताहिकका सम्पादक बासुदेव श्रेष्ठ, रेडियोकर्मि गणेश जीसी, संकल्प साप्ताहिकका सम्पादक लियाकत अलि र जनमत अर्धसाप्ताहिकका सम्पादक पुर्णलाल चुकेलाई नगदसहित सम्मान गरिएको हो ।

यसैगरी चन्द्रकला कुर्मि शिक्षा पत्रकारिता पुरस्कार रेजिनामल्ल, माधवी स्वास्थ्य पत्रकारीता पुरस्कार यादव आचार्य र कमल खत्रीलाई संयुक्त रुपमा, रामकली रामआधार पत्रकारिता पुरस्कार आलम खान र यदुराज मिश्रलाई संयुक्त रुपमा, बेलमति स्वास्थ्य पत्रकारीता पुरस्कार प्रेम विक र नन्दलाल साहुलाई संयुक्त रुपमा, आंखा स्वास्थ्य पत्रकारिता पुरस्कार विनोद गौतम, मिशन टुडे दैनिक, जि नेपाल एचडि टेलिभिजन, र क्रियाशिल पत्रकारिता पुरस्कार विवेक रेग्मी र सुविता थारुलाई प्रदान गरिएको थियो । त्यसैगरी सुर्यनाथ गौतम स्वास्थ्य मुटु पत्रकारिता पुरस्कार कृष्ण खनाल साथै कोभिडको महामारीको समयमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परामर्श र चेकजाँच गर्ने फिजिसियन डा.सुवाष योगीलाई पनि सम्मान गरिएको थियो ।

साथै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेले गैर पत्रकारलाई महासंघको सदस्यता दिन नहुने, मुख्य पेशा पत्रकारिता नभएका व्यक्तिलाई सुद्धिकरण गर्ने भन्ने निर्णय भएअनुसार दुर्गा रोकायको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा प्रेस युनियनका जिल्ला अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टरका जिल्ला अध्यक्ष डक्टप्रसाद धिताल रहनु भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले महासंघको सदस्य सुद्धिकरण गर्ने अधिकार जिल्ला शाखालाई भएको बताउनु भयो । पत्रकारको सुद्धिकरणका लागि जिल्ला शाखाले केन्द्रको मुख ताक्न नपर्ने उहाँकाे भनाई थियाे । साधारण सभामा सचिव कमल डाँगीले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष विनोद पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित गर्नुका साथै १३ बुँदे नेपालगञ्ज घोषणा पत्र पनि सार्वजनिक गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?