यतिको ‘ब्लाक बक्स’ छानविन आयोगलाई जिम्मा, आयोगले थाल्यो काम

Read Time = 2 mins

पोखरा । सोमवार बिहान फेला परेको यति एअरलाईन्सको 'ब्लाक बक्स' छानबिन आयोगलाई जिम्मा लगाईएको छ ।

आइतवार बिहान भएको बिमान दुर्घटनाको 'ब्लाक बक्स' सोमवार भेटिएपछि छानबिन समितिलाई जिम्मा लगाईएको हो ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आइतवार गठन भएको छानबिन समितिले आजैबाट काम सुरु गरेको र फेला परेको ब्लाक बक्स छानविन समितिलाई जिम्मा लगाईएको हो ।

बिमान दुर्घटनामा ुब्लाक बक्सु महत्वपूर्ण प्रमाण हुन्छ । ककपिटमा भएका कुराकानी तथा अन्य आवाजका लागि 'ब्लाक बक्स'ले धेरै सुचना दिने गर्छ । 'ब्लाक बक्स'लाई सबैभन्दा बलियो प्रमाण मानेर छानबिन गर्ने गरिन्छ ।

पोखरा बिमान दुर्घटना पछि बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा एक छानविन आयोग गठन गरेको थियो । जसमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला, सुनिल थापा, हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापालाई सदस्यमा राखेको थियो । सो आयोगको सदस्य सचिवमा भने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ । गठन भए लगत्तै आयोगले छानविनको काम सुरु गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?