जसपा संसदीय दलको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप गरि मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । सत्ता सझेदार दल जसपा भने मन्त्रालय बाँडफाटमा सहमति जुट्न नसक्दा सरकारमा सहभागी भएको छैन ।

संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?