कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउनु भएको ट।

प्रदेशसभाको शुक्रबार भएको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत पाउनु भएको हो । उहाँलाई सत्तारूढ दलका २५ सांसदले विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री शर्मालाई नेकपा माओवादी केन्द्रका १३ सांसद, एमालेका ९, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक/एक सांसदले मतदान गरि शर्मालाई विश्वासको मत दिएका हुन् ।

संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई कर्णालीमा पनि आफुलाई विश्वासको मत दिन शर्माले आग्रह गर्नुभएको थियो ।

कर्णालीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कांग्रेसले केन्द्रमा विश्वासको मत दिए पनि प्रदेशमा नदिने बताउनु भयो । विश्वासको मत दिने मन भए पनि सीट अगाडि विपक्षी दल लेखिएको हुँदा मत नदिने उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?