चैत ११ मा हुने छैटौँ ‘सम्मान मिस लिम्बू’ का लागि आवेदन खुला

Read Time = 3 mins

काठमाडौं । छैटौँ ‘सम्मान मिस लिम्बू’ प्रतियोगिता आउँदो चैत ११ गते काठमाडौंमा हुने भएको छ।

उक्त प्रतियोगिताको छैटौँ संस्करणका लागि आवेदन समेत खुला गरिएको आयोजक संस्था याक्थुङ युथ एशोसिएसनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

‘बौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृति’ भन्ने मूल नारासहित हुने प्रतियोगितामा नेपालसहित हङकङ, यूके, सिक्कीम, दार्जेलिङलगायत स्थानबाट पनि युवतीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक रुकमान लिम्बूले बताउनु भयो। प्रतियोगितामा करिब ३० जना युवतीहरु सहभागी रहने आयोजकले जनाएको छ ।

आयोजित पत्रकार सम्मेलनमा पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, समाजसेवी याङ्जोम शेर्पा, फेसन डिजाइनर निरु आङबुङ, पूर्वमिस लिम्बूहरुलगायतको उपस्थिति थियो।

प्रतियोगिता विजेताले नगद ५० हजारसहित एउटा स्कुटर, दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। साथै मिस नेपाल आयोजक हिडन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा विजेता मिस लिम्बूलाई आउँदो मिस नेपालमा सिधैं प्रवेश गराइने संयोजक लिम्बूले बताउनु भयो ।

सहभागिताका लागि एसईई उत्तीर्ण गरेका १७ देखि २६ वर्ष उमेर समूहका अविवाहित लिम्बू युवती हुनुपर्ने मापदण्ड तोकिएको छ।

प्रतियोगितालाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदीक्षा श्रेष्ठले कोरियोग्राफी गर्नुका साथै पूर्वमिस नेपाल माल्भीका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, डिबी आङ्बुहाङलगायतले व्यक्तित्व विकासको तालिम दिने बताइएको छ ।

प्रतियोगिता अडिसन धरानमा यही माघ २८ गते तथा काठमाडौंमा फागुन ६ गते गर्ने तयारी छ।

यस्तै सम्मान मिस लिम्बू विजेतालाई टाइटल स्पोन्सर सम्मान इन्जिनियरिङ लिमिटेड कम्पनीको ब्रान्ड एम्बासडर बनाइने र कम्पनीमार्फत हङकङ भ्रमण गराइने छ। प्रतियोगितामा १६ वटा सब टाइटलहरु रहनेछन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?