आइएमई इन्स्योरेन्सको २५ औँ वार्षिक साधारण सभा

Read Time = 2 mins

काठमाडौं । आइएमई इन्स्योेरेन्सको २५औँ वार्षिक साधारण सभा सोमबार ललितपुरमा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यको रणनीतिबारे जानकारी गराउनुभयो ।

उहाँले २४औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताबारे जानकारी गराउँदै कम्पनीको पानीपोखरीस्थित दुई रोपनी छ आना दुई पैसा तीन दाम जग्गामा करिब ६० हजार वर्गफिटको दुई तला पार्किङसहितको ११ तले भवन निर्माणका क्रममा रहेको बताउनुभयो । निर्माणपछि भवनबाट कम्पनीले करिब चार करोड वार्षिक आम्दानी गर्ने उहाँको भनाइ छ ।

त्यसैगरी कम्पनीले सातवटै प्रदेश र अनलाइनमार्फत् बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजिआई हेल्थ प्लस बीमालेखमार्फत् पारिवारिक स्वास्थ्य बीमामा सेवा प्रदान गर्ने पनि अध्यक्ष ढकालले बताउनुभयो । देशको आर्थिक मन्दीबीच कम्पनीले गत वर्षको तुलनामा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलन बढाएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?