सुदूरपश्चिम प्रदेश सभाले बिजनेश पाएन, बैठक अनिश्चित

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । सुदूरपश्चिम प्रदेश सभाले बिजनेश नपाएपछि बैठक अनिश्चित भएको छ । बुधवार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताउनु भयो । उहाले प्रदेश सभा सञ्चालनका लागि कार्यसूचि नभएकाले स्थगित गरिएको बताउनु भएको छ ।

सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिँह रावल काठमाण्डौँ हुनुहुन्छ । एमाले संसदीय दलको नेता रहनु भएका रावल मुख्यमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत माग्न काठमाण्डौँ जानु भएको हो । प्रदेश सभाबाट उहाले विश्वासको लिनु भएको छैन । प्रदेश सरकारमा सहभागि दलहरु बिचमा समझदारी भएको भए बुधवार बस्ने भनिएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी थियो ।

नागरिक उन्मुक्ति पार्टीसँग निर्णायक वार्ता नभएकाले समस्या भएको हो । केन्द्रीय नेताहरुलाई विश्वासको मतको वातावण तयार गर्न आग्रह गर्दै मुख्यमन्त्री रावल काठमाण्डौँमा बस्नु भएको छ । उहाले प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड), एमालेका अध्यक्ष केपी शर्मा ओलीलगाएतका नेताहरुसँग भेटघाट तथा छलफल गर्नु भएको छ । केन्द्रीय नेताहरुलाई नागरिक उन्मुक्तिको मुद्दा सम्बोधन गर्न र विश्वासको मतका लागि वातावरण बनाउन उहाले आग्रह गर्दै आउनु भएको छ ।

दलका संरक्षक रेशम चौधरीको रिहा पछि मात्र मुख्यमन्त्रीलाई समर्थन गर्ने नागरिक उन्मुक्तिको मुख्य मुद्दा छ । सुदूरपश्चिममा विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्य आवस्यक हुन्छ । प्रदेशमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्य छन् । नेपाली काँग्रेसका १९, ४ जना नेकपा एस तथा एक जना स्वतन्त्र प्रदेश सभा सदस्यहरु विपक्षमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?