सूर्यकुमार बने २०२२ को उत्कृष्ट आईसिसी पुरूष क्रिकेटर

हिमालय टाइम्स
Read Time = 1 min

नयाँदिल्ली । भारतीय ब्याटस्म्यान सूर्यकुमार यादव वर्ष २०२२ को उत्कृष्ट पुरूष क्रिकेटर भएका छन्।

उनले ट्वान्टी-२० फर्म्याटमा आईसिसीको यो अवार्ड हात पार्न पाकिस्तानका विकेटकिपर ब्याटर मोहम्मद रिजवान र जिम्बावेका सिकन्दर राजालाई पछि पारे।

सन् २०२२ मा उत्कृष्ट प्रदर्शन गरेका सूर्यकुमारले केही कीर्तिमानसमेत बनाएका छन्।

सूर्यकुमार टी-२० अन्तर्राष्ट्रियमा एक क्यालेन्डर वर्षमा १ हजारभन्दा बढी रन बनाउने दोस्रो खेलाडी बनेका छन्। ३२ वर्षीया उनले १८७.४३ को स्ट्राइक रेटमा ११६४ रन बनाएर वर्षको सर्वाधिक रन बनाउने खेलाडी बने ।

यस अवधिमा उनले ६८ छक्का प्रहार गरेका थिए। टी-२० क्रिकेट इतिहासमा कुनै पनि क्रिकेटरले एक वर्षमा सबैभन्दा बढी छक्का प्रहार गरेको यही हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?