अल नासर साउदी सुपर कपबाट बाहिरियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। साउदी सुपर कपअन्तर्गत अल नासर पराजित भएको छ ।

बिहीबार राति सम्पन्न खेलमा अल नासरलाई अल ईट्टीहाद क्लबले ३-१ गोल अन्तरले पराजित गरेको हो ।

अल ईट्टीहादको जितमा रोमारिन्हो, अबदेराजक हम्दल्लाह र मुह्नाद अल सहनकीतले एकरएक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि टालिस्काले एक गोल गरेका थिए ।

यो जितपछि अल ईट्टीहाद साउदी सुपर कपको फाइनलमा पुगेको छ ।

क्रिस्टियानो रोनाल्डोले अल नासरका लागि खेलेको दोस्रो खेलमा हार बेहोरेका छन् भने उनले अल नासरका लागि अझै गोलको खाता खोलेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?