कविता : सम्मान छ

हिमालय टाइम्स
Read Time = 1 min

✍️ सर्वानन्दा सरस्वती

हे शहीद ! शुक्रराज ! सम्मान छ स्वतन्त्रताको खातिर
बन्धनबाट उन्मुक्ति मिल्छ लोकहितमा नमानी पीर
भनी चेतनाको सभ्य समाजको स्वारभाटा उचालेर
अमरताको शंखघोष नै गर्‍यौ त्यागी शरीर नश्वर ।

शहीद हुन्छन् देशकाखातिर धर्मयुद्ध लड्ने ती जन
आजशहीदकै परिभाषा खोज्ने दिन त्यो आयो नीकिन ?
जो मृत्युमा प्राप्ति भए सडकमै शहीद घोषणा किन ?
‘शहीद’ शहीदै बन्न सकेमा सम्मान बढ्छ दिनदिन ।

दुर्घटना, हत्या–हिंसामा पिल्सि त नि आज शहीदै भए
जो मुर्धन्य देशकै सपुत थेँ निमेषमा अहो ! मिसिए
देशको जनविकास, सुखका खातिर त्यागेर शरीर
सम्मान छ हे देशका सपुत शुक्र ! बाँच्या छौँ झन पर !!

मेलम्ची-२, सिन्धुपाल्चोक ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?