धनगढीबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

Read Time = 1 min

धनगढी ।  धनगढीमा ब्राउनसुगरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साफेबगर नगरपालिका स्थाई घर भई हाल धनगढी ५ हसनपुर बस्ने ३४ वर्षीय मुकेश कुवँरलाई प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक उपेन्द्र बमको टोलीले कुवँरलाई ९ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?