नवयुवा कप फुटबल प्रतियोगिता आजबाट

हिमालय टाइम्स
Read Time = 2 mins

भैरहवा । रूपन्देहीको ओमसतियामा आज (सोमबार)बाट १०औँ नवयुवा कप फुटबल प्रतियोगिता हुने भएको छ । नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठूलीपिपलको आयोजनामा स्थानीय कर्मडाँडा मैदानमा १०औँ संस्करणका रूपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

माघ २३ देखि फागुन ९ गतेसम्म हुने प्रतियोगितामा जिल्लाभित्रका ११ र बाहिरका पाँच टिम गरी १६ टिमको सहभागिता रहनेछ । ओमसतिया गाउँपालिकाको मुख्य प्रायोजन तथा ओमसतिया गाउँपालिका-१ को सहप्रायोजनमा हुने प्रतियोगितामा विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई आठ/आठ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ सय रुपैयाँबाट पुरस्कृत गरिने आयोजक संस्था नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?