कमिसन मागेपछि बिमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले नेपाल नागरिक उड्‍ड्यन प्राधिकरणका, त्रिभुवन बिमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ ।

थाई स्माइल एअरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएको हुदाँ सो बिषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदवाट निलम्बन गर्ने माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक  उड्‍ड्यन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाईएको छ’ मन्त्रालयका सहसचिव एवम प्रवक्ता राजेन्द्रबहादुर केसीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

उहाँका अनुसार उक्त बिषमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाइएको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्‍ड्यन  मन्त्रालयले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?