पुरानो बसपार्कका भ्यु टावर ठेकेदार भेटवाल पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  पुरानो बसापार्कमा काठमाडौं भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालकसमेत रहेका भेटुवाललाई बैंकिङ कसुरको आरोपमा बुधबार पक्राउ गरेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनी बिरुद्ध बैंकिङ कसुरको उजुरी परे पछि पक्राउ गरिएको पुष्टी गर्नुभयो ।

उहाँले सो बाहेक थप कुनै जानकारी दिन चाहनुभएन ।

आजै उनलाई म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं लगिनेछ ।

उनी यसअघि पनि पक्राउ परेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?