लमजुङमा हात्तीपाईले रोगविरूद्द खोप अभियान सुरू

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । लमजुङ जिल्लाका आठवटै पालिकाहरूमा हात्तीपाईले विरुद्धको औषधी खुवाउने कार्यक्रम शुरुवात भएको छ ।

जिल्लामा हात्तीपाईले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागु भएको थियो तर केहि पालिकाहरूमा अझै पनि हात्तीपाईले रोगका विरामीहरू देखिएकाले यसपटक औषधी खुवाइएको हो ।

लमजुङमा यस बर्ष १४ चरणमा हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो ।

फागुन ११ गतेदेखि सुरु हुने अभियान अन्तर्गत पहिलो दिन वडा तथा टोलटोलमा स्वास्थ्य संस्था तथा बुथमार्फत हात्तिपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।

अभियानअन्तर्गत यसवर्ष दुई वर्ष मुनिका बालवालिका र गर्भवती महिलाबाहेक जिल्लाका १ लाख ४६ हजार ७४२ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

औषधि खुवाउने अभियानमा जिल्लाभर ४२८ स्वास्थ्यकर्मी र ६७० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।

सबै पालिकाका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमबाट औषधी खुवाउने कार्यक्रममा हात्तीपाईले रोग निवारण गर्नको लागि सबैलाई औषधी खान आह्वान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?