काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायलाई दीर्घ साधाना सम्मान अर्पण गरिएको छ । डा. उपाध्यायलाई सोमबार राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डमा भएको दोस्रो नाट्यश्वर म्युजिक अवार्डमा दीर्घ साधाना सम्मानले विभूषित गरिएको हो । उहाँलाई अवार्ड समारोहका प्रमुख अतिथि सांसद तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका साथै अन्य अतिथिले दोसल्ला, फूलमाला र दीर्घ साधाना सम्मान पत्रका साथै नगद ५१ हजार एक सय एघार रुपैयाँसहित सम्मान अर्पण गर्नुभएको थियो ।
‘नाट्यश्वर भगवान हामी सबै कलाकारको शान, कलाकार र कलाकारिताको जग्रेना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो अवार्ड समारोहमा गीतसंगीत, पत्रकारिता र समाजका विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।
अवार्डमा विसं २०७७ असारदेखि ०७९ असार मसान्तसम्मका गीतबाट आवेदन दिएका गीतमध्ये उत्कृष्ट पाँचबाट सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको कार्यक्रम निर्देशक किरण अधिकारीले बताउनुभयो । गीतसंगीतसहित विशेष प्रस्तुतिका साथ सम्पन्न भएको अवार्ड समारोहमा विभिन्न ६४ विधामा अवार्ड प्रदान गरिएको थियो ।
गीतसंगीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान राख्नुभएका डा.उपाध्यायका ३६ एल्बमका सयौं गीत श्रोता/दर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ ‘कफी लभ’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच