बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  बैकिङ कसूर मुद्दाका फरार रहेका एकलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक पनौति नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ मा बस्ने ५८ वर्षीय रविभक्त सौंजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७२ पुस १७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ वर्ष कैद र ८६ लाख ७० हजार ५ सय ३७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?