नेपोलीको सहज जित

Read Time = 2 mins

टुरिन । इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले घरेलु मैदानमा एटलान्टालाई दुई-शून्यले पराजित गरेको छ । योसँगै नेपोलीले शीर्षस्थानमा १८ अंकको अग्रता बनाएको छ । नेपोलीको जितमा केभिचा केभरातसेखिया र अमिर रहमानीले गोल गर्नुभयो ।

खेलको ६०औँ मिनेटमा केभिचाले गोल गर्दै नेपोलीलाई एक-शून्यको अग्रता दिलाउनुभयो । ६७औँ मिनेटमा अमिर रहमानीले इल्जिफ इल्मासको पासमा गोल गर्दै नेपोलीको जित पक्का गर्नुभयो ।

यस जितसँगै नेपोलीको २६ खेलबाट ६८ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ५० अंक छ । जुन १८ अंकको अन्तर हो । पराजित एटलान्टा ४२ अंक जोडेर छैटौँ स्थानमा छ ।

यता, जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले अग्सवर्गमाथि पाँच-तीनको जित निकालेको हो । बायर्नको जितमा बेन्जामिन पाभार्डले दुई तथा जोओ क्यान्सेलो, लिरोए साने र अलफन्सो डाभिसले समान एक-एक गोल गर्नुभयो । अग्सवर्गका मर्जिम बेरिसाले दुई तथा इर्भिन कारडोनाले एक गोल गर्नुभयो ।

यस जितसँगै शीर्षस्थानमा रहेको बायर्नले बोरुसिया डर्टमुण्डलाई दुई अंकले पछि पारेको छ । बायर्नको २४ खेलबाट ५२ अंक तथा समान खेलबाट डर्टमुण्डको ५० अंक छ । पराजित अग्सवर्ग २७ अंक जोडेर १३औँ स्थानमा छ ।

अर्काे खेलमा साल्केसँग दुई-दुई गोलको बराबरीमा रोकिँदा डर्टमुण्डले शीर्षस्थानको बायर्नसँगको अंक दूरी बराबरी गर्ने मौका गुमाएको छ । यो बराबरीले डर्टमुण्ड दुई अंकले पछि परेको छ । डर्टमुण्डलाई रोकेको साल्के २० अंक जोडेर १७औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?