जलविद्युत आयोजनाका सवारी साधन संचालनमा अवरोध

फाइल तस्बिर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नाममा जलविद्युत आयोजनाका सवारी साधनले सडक जिर्ण गराएको भन्दै आयोजनाका सवारी साधन संचालनमा अवरोध गरिएको छ ।

जलविद्युत आयोजनाका ट्रक र ट्याक्टरहरुको कारण सडक विगारेर जिर्ण अवस्थामा पुगेको र साना सवारी साधन आवत जावत गर्न समस्या भएको भन्दै स्थानीय एकता युवा क्लबको नेतृत्वमा युवाहरुले जलविद्युत आयोजनाका सबै सवारी साधन संचालनमा रोक लगाइएका छन् ।

अहिले सबारी साधनको लाम लागेर रोकिएका छन् । गलेश्वर-पिप्ले-मौवाफाँट-दग्नाम-चिमखोला हुदै यो सडक कुइनेमंगले पुगेको छ ।

यो सडक प्रयोग गरेर चिमखोला र कुइनेमंगलेमा निर्माणधिन तीन जलविद्युत आयोजनाले निमार्ण सामाग्री दुवानी गर्दै आएका छन् ।

सडक अवरुद्व भएपछी २१.३ मेगावाट क्षमताको ठूलोखोला, ३५.५ मेगावाट क्षमताको राहुघाट मङ्गलेलेसमेत र ४८ मेगावाटको अपर राहुघाट जलविद्युतको निमार्ण सामाग्रीको ढुवानी प्रभावित भएको छ ।

दग्नामको वडा कार्यालयले गत पुस २५ गते गाउँपालिका मार्फत जलविद्युत आयोजनाहरुलाई विग्रीएको सडकलाई स्तरोन्नति गर्न पत्राचार गरेको थियो ।

तर सडक स्तरोन्नतिमा आयोजनाहरुले बेवास्ता गरेपछी दबाव दिन सडकमा आयोजनाका सवारी साधन संचालनमा अवरोध गरिएको क्लवले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?