महालक्ष्मीको राजापुर शाखा स्थानान्तरण

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंकले राजापुर शाखा राजापुर नगरपालिका-४ मेन चोकमा स्थानान्तरण गरेको छ । एक कार्यक्रमबीच उक्त शाखाको संयुक्तरूपमा राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र बैंकका सञ्चालक दीपक रौनियारले उद्घाटन गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले शाखाबाट ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य लिइएको बताउनुभयो ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायत वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा प्रदान गरिने शाखाका प्रबन्धक कोमल विष्टले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?