डा. बाबुराम भट्टराईको राजनीतिक दस्ताबेज माओवादीकाे बैठकमा छलफल हुने ( दस्ताबेजसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक आजदेखि यहाँ सुरु भएको छ ।

माओवादी केन्द्रीय कमिटी बैठकमा नेपाल समाजवादी पार्टीका अधयक्ष डा. बाबुराम भट्टराईले छलफलका लागि दस्ताबेज पठाउनु भएको छ। भट्टराईले इमेलमार्फत दस्तावेज पठाउनु भएको हो । बैठकमा नेता डा. भट्टराईको दस्ताबेज वितरण भएको छ । उक्त दस्तावेज माओवादीको केन्द्रीय कमिटीको बैठकमा छलफल हुने छ ।

केन्द्रीय समिति बैठकमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पठाएको पार्टी एकतासम्बन्धी प्रस्ताव तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको एकताका बारेमा पनि छलफल हुने माओवादीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?