निर्वाचन आचारसंहिता विपरित मेयर महत चुनावी अभियानमा

Read Time = 2 mins

हेटौंडा । निर्वाचन आचारसंहिता विपरित हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत एमालेको चुनावी अभियानमा लाग्नुभएको छ। महत स्थानीय तहको निर्वाचनमा उम्मेदवारको प्रचार अभियानमा लाग्नुभएको हो ।

निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाईने व्यवस्था गरेको छ ।

‘बहालवाला मेयर नै आचारसंहिता विपरित पार्टीको चुनावी अभियानमा भाषण गरेर हिडिरहेका छन, यसलाई सम्बन्धित निकायले रोक्नुपर्छ ।’–हेटौंडा–५ का एक स्थानीयले भने ।

महत पछिल्लो दिन नियमित रुपमा चुनावी अभियानमा गएर आश्वासन समेत बाँढिरहेको गुनासो अन्य दलका नेता कार्यकर्ताहरुको छ ।

सबै जनताको जनप्रतिनिधि भएपनि पार्टीको अभियानमा हिड्नु नैतिकता र निर्वाचन आचारसंहिताविपरित हुने कानूनीका जानकारहरुको भनाई छ । महत एमालेको उम्मेदवारको दौडमा रहेपनि अन्तिम क्षणमा रेसबाट बाहिरिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)