निर्वाचन आचारसंहिता विपरित मेयर महत चुनावी अभियानमा

Read Time = 2 mins

हेटौंडा । निर्वाचन आचारसंहिता विपरित हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत एमालेको चुनावी अभियानमा लाग्नुभएको छ। महत स्थानीय तहको निर्वाचनमा उम्मेदवारको प्रचार अभियानमा लाग्नुभएको हो ।

निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाईने व्यवस्था गरेको छ ।

‘बहालवाला मेयर नै आचारसंहिता विपरित पार्टीको चुनावी अभियानमा भाषण गरेर हिडिरहेका छन, यसलाई सम्बन्धित निकायले रोक्नुपर्छ ।’–हेटौंडा–५ का एक स्थानीयले भने ।

महत पछिल्लो दिन नियमित रुपमा चुनावी अभियानमा गएर आश्वासन समेत बाँढिरहेको गुनासो अन्य दलका नेता कार्यकर्ताहरुको छ ।

सबै जनताको जनप्रतिनिधि भएपनि पार्टीको अभियानमा हिड्नु नैतिकता र निर्वाचन आचारसंहिताविपरित हुने कानूनीका जानकारहरुको भनाई छ । महत एमालेको उम्मेदवारको दौडमा रहेपनि अन्तिम क्षणमा रेसबाट बाहिरिनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?