यामाहाको ‘महा एक्सचेन्ज मेला’

Read Time = 2 mins

काठमाडौं । यामाहाको ‘महा एक्सचेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित मेला वैशाख २२ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

मेलामा जुनसुकै ब्रान्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने र बजार मूल्यांकनका अतिरिक्त १० हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । साथै मेलामा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरिद गर्ने ग्र्राहकले नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर हृयापिनेस २०७९-१००० टाइम्स’ मा सहभागी हुने अवसर पाउनेछन् ।

अफरअन्तर्गत दैनिकरूपमा दुई लाख सात हजार नौ सय र बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म जित्न सकिने बताइएको छ । त्यस्तै टेस्ट राइडमा सहभागीमध्येबाट हरेक दिन एकजनाले माउन्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्नेछन् । बाइक तथा स्कुटर खरिदकर्ताका लागि अन द स्पट फाइनान्स सुविधासमेत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?