बोसको सम्पर्क कार्यालय काठमाडौंमा

Read Time = 3 mins

काठमाडौं । मोबिलिटी इकोसिस्टम प्रविधि सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय स्थापना गरेको छ । भारतमा सय वर्षभन्दा पुरानो उक्त कम्पनीले सम्पर्क कार्यालयमार्फत् नेपालमा पनि सेवा प्रदान गर्ने भएको हो । नेपालमा बोसका क्रियाकलाप विशेषगरी अटोमोटिभ पार्टपूर्जाको बजार, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लाइन्सेस सेग्मेन्टका वस्तु र सेवा रहेका छन् । ११ सर्भिस पार्टनर र २५ कर्मचारीको बलमा बोसले सन् २०२४ सम्ममा आफ्नो बिक्री पहुँच तेब्बर बनाउने लक्ष्यका साथ नेपालभरका हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा प्रदान गरिने जनाएको छ ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोसका म्यानेजिङ डाइरेक्टर तथा बोस ग्रुप भारतका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले सञ्चालनको आकार विस्तार गर्ने अभियानमा रहेको बोस प्राकृतिक सुन्दरता र समृद्ध संस्कृतिका लागि प्रसिद्ध मुलुक नेपालमा सेवा सुरु गर्ने पर्खाइमा रहेको बताउनुभयो । बोसले श्रीलंका, बंगलादेश र भारतमा प्राथमिक कार्यालय र भुटानमा आपूर्ति कार्यालयका साथ सार्क मुलुकसँग सदैव सहयोगपूर्ण सम्बन्धको लाभ लिइरहेको भन्दै उहाँले अत्याधुनिक र विशिष्टरूपमा निर्मित उत्पादनका साथ नेपालको मोबिलिटी र त्यसबाहिरको क्षेत्रमा जर्मन इन्जिनियरिङको अब्बल उत्पादनमार्फत् सेवा दिने लक्ष्य लिएको बताउनुभयो ।

द बोस ग्रुप प्रविधि र सेवाको नेतृत्वदायी विश्वव्यापी आपूर्तिकर्ता हो । सन् २०२१ को डिसेम्बर ३१ सम्मको आँकडाअनुसार कम्पनीले विश्वभर चार लाख एक हजार तीन सयजनालाई रोजगारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?