काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ स्थापना गर्छु : नेत्री सिंह

Read Time = 3 mins

काठमाडौं । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँका सबै वडामा ‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ स्थापना गर्ने बताउनुभएको छ ।

गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आज आयोजना गरेको ‘शुभकामना कार्यक्रम’मा उहाँले आफू प्रमुखमा विजयी भए महानगरीय स्वास्थ्य प्रणालीको विकास गर्न प्रत्येक वडामा ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’ स्थापना गर्ने बताउनुभएको हो ।

“ज्येष्ठ नागरिक, अपाङ्ग, अति विपन्न व्यक्तिको उपचारका लागि सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका साथै विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्दछु”, उहाँले भन्नुभयो ।

नेत्री सिंहले अस्तव्यस्त काठमाडौँ महानगरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन आफू लाग्ने बताउनुभयो । “म राजनीतिककर्मी हुँ, राजनीतिक परिवारमा विवाह गरेर घर सम्हाल्दै गर्दा पद लिने अवसर पाइन, अब पद लिनका लागि तपाईँहरुका अगाडि आएको छु, मलाई प्रमुखमा विजयी गराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

उहाँले काठमाडौँ महानगरभित्र बस्ने सम्पूर्ण बासिन्दाको शिर ठाडो हुनेगरी आफूले काम गर्ने बताउनुभयो । उहाँले महिलालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने, युवालाई उद्यमी बनाउने, महानगरभित्र रहेका विभिन्न क्लबलाई खेलकूद क्षेत्रमा जोड्नेलगायतका काम आफूले गर्ने स्पष्ट पार्नुभयो ।

नेत्री सिंहले काठमाडौँ महानगरलाई भ्रष्टाचारमुक्त महानगर बनाउँदै महानगरभित्रका सेवा सुविधालाई चुस्तदुरुस्त बनाउँदैै सुशासन कायम गराउने उल्लेख गर्नुभयो । काठमाडौँ भित्रको सधैँ चर्चामा आउने फोहर व्यवस्थापन र ढल व्यवस्थापनलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?