सेयर बजार सुधारोन्मुख, १२.२७ अंकले वृद्धि

Read Time = 3 mins

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारको कारोबार सामान्य बृद्धि भएको छ । सोमबार १२ दशमलव २७ अंक बढेर बजार २२ सय ६८ दशमलव ८५ अंकमा आएर बन्द भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजार १७ अंकले बढेको थियो । यसरी बिस्तारै बजार आफ्नो लयमा फर्कन खोजेको देखिन्छ ।

कारोबार रकममा पनि आइतबारको तुलनामा सोमबार सुधार आएको छ । आइतबार एक अर्ब ३२ करोड बराबरको कारोबार भएको छ भने सोममबार एक अर्ब ३९ करोड बराबरको कारोबार भएको छ । बजारमा सोमबार २२२ वटा कम्पनीको २८ हजार ६७५ वटा कारोबार हुँदा ३३ लाख २४ हजार ८३२ कित्ता सेयर कारोबार भएको छ।

२२२ वटा कम्पनीका मध्ये १३२ कम्पनीका सेयरधनीले कमाउन सफल भएका छन्। अत्याधिक कमाउने मध्ये सधैंझैं जाल्पा लगुवित्तले सोमबार पनि सर्किट लेबलमा कारोबार गर्न सफल भएको छ । यस लघुवित्त १० प्रतिशत बढेर १८ सय ३९ दशमलव ८ मा अन्तिम कारोबार गर्न सफल भएको छ । यसैगरी ७ दशमलव ७७ प्रतिशत बढेर माहुली लघुवित्त १२ सय ९० मा, ६ दशमलव २७ प्रतिशत बढेर उन्नति सहकार्य लघुवित्त १२ सय ७२ मा र आर एस डिसी लघुवित्त ५ दशमलव ३२ प्रतिशत बढेर ६१४ मा अन्तिम कारोबार गर्न सफल भएको छ । १३ वटा उपसमूहमध्ये सोमबार १० वटा उपसमूह बढ्न सफल भएका छन् ।

बजार बढे पनि ७५ वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् । अत्याधिक गुमाउनेमध्ये हिमालयन ऊर्जा कम्पनी ३ दशमलव ७८ प्रतिशत घटेको छ भने स्वरोजगार लघुवित्त ३ दशमलव २४ प्रतिशत घटेर ८९५ मा र गुह्येश्वरी फाइनान्स ३ दशमलव ०४ प्रतिशत घटेर ३१६ मा अन्तिम कारोबार हुन सफल भएको छ। १३ वटा उपसमूहमध्ये सोमबार ३ समूह भने घटेका छन् जसमध्ये होटल, डेभलपमेन्ट बैंक र जीवन बिमा रहेका छन् ।

कारोबारको आधारमा सोमबार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा पर्न सफल भएको छ । यस कम्पनीको सोमबार सात करोड ८३ लाख बराबरको सेयर कारोबार भएको छ भने एन आईसी इसिया बैंकको भने पाँच करोड बराबरको सेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?