डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने बताउनु भएको छ ।
मंगलबार डडेल्धुराको बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भौतिक संरचना तयार गरेर प्रदेश राजधानी डडेल्धुरा बनाउने आश्वासन दिनुभयो ।
डडेल्धुराका सातै स्थानीय तहमा कांग्रेसलाई जिताए राजधानी डडेल्धुरा ल्याउने उहाँको भनाइ छ । कर्ण मल्ललाई लक्षित गर्दै उहाँले कसैले डडेल्धुरालाई राजधानी बनाएन भनेर झुटो अफवाह फैलाएको आरोप लगाउनु भयो । डडेल्धुरा र डोटीमा सभागृहलगायत संरचनाहरू नभएका कारण राजधानी नबनाएको उहाँको तर्क थियो।
‘डडेल्धुरा र डोटीमा सभागृहलगायत संरचना थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरु निर्माण गर्छौ,’ उहाँले भन्नुभयो, ‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ। त्यो कुन ठूलो कुरा हो भो रु पालमुनि सभाहल बनाउन सकिँदैन।’
पश्चिम सेती बनाउँछु
देउवाले बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत परियोजन बनाउनेसमेत आश्वासन दिनु भएको छ । यसका लागि भारतसँग कुरा भइरहेको उहाँको भनाइ छ ।
उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएकाले यस विषयमा कुराकानी गर्ने बताउनु भयो। ‘पश्चिम सेती आन्तरिक लगानीमा निर्माण गर्न सम्भव छैन। चिनियाँ कम्पनीले निर्माण गरेको विद्युत भारतले किन्दैन। त्यसैले भारतलाई नै पश्चिम सेतीको जिम्मा दिने तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो ।
उहाँले डडेल्धुराको पूईलेकमा विमालस्थल निर्माणको काम अगाडि बढाएको बताउनु भयो। यस्तै देउवाले जिल्ला सदरमुकाममा बसपार्क, पोखरा बेलारपुर, उग्रतारा मेलैली सडक कालोपत्र गर्ने, मेडिकल कलेज सञ्चालन गर्ने, जिल्ला सदरमुकामको सडक फराकिलो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
देउवाले डडेल्धुराका सबै स्थानीय तहहरुमा कांग्रेसलाई जिताउनसमेत आग्रह गर्नुभयो। हरुवा र सरुवालाई नभएर रूखमा मतदान गर्न उहाँले अपिल गर्नुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल