‘२ नम्बरी’को छायांकन सकियो

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘२ नम्बरी’को छायांकन सकिएको छ । कास्कीको ल्वाङ गाउँमा चलचित्रको एउटा गीतको छायांकनसँगै छायांकन सकिएको हो । उक्त गीत चलचित्रमा समावेश भएको अन्तिम गीत हो ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको यो चलचित्र २६ दिनमा सम्पूर्ण छायांकन सम्पन्न भएको हो । सम्पन्न भएसँगै निर्देशक लामाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘कास्कीको ल्वाङ गाउँमा मेरो चौथो फिल्म ‘२ नम्बरी’को एउटा गीतसहित सम्पूर्ण छायांकन कार्य २६ दिनमा सम्पन्न भएको छ । फिल्मका कलाकार, प्राविधिक, निर्माण तथा गाउँलेप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई, भुटानी अभिनेत्री उगेन छोदेन, र उपासनासिंह ठकुरीको मुख्य भूमिका छ । चलचित्रको रिलिज मिति कात्तिक ४ गते तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?