पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलि बिहानदेखि

Read Time = 1 min

पोखरा । पोखरामा करिब ६० प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन् ।

अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए । अन्नपूर्णका अध्यक्ष भने कांग्रेसले जितेका हुन् ।

अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ । मतपेटिका आउने क्रम सुरु भैसकेको र राती १२ बजेसम्म सबै संकलन भइसक्ने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बिहानबाट मात्रै मतगणना सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?