इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा

Read Time = 2 mins

काठमाडौं । इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको छ । विश्वका दुई सयभन्दा धेरै मुलुकबाट नेपालमा रेमिट्यान्स भिœयाउँदै आएको इसेवा मनि ट्रान्सफर २०७७ वैशाख ३० गते नेपालकै अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा आएको थियो । कम्पनीले हाल संसारका दुई सयभन्दा धेरै देशका ३० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

दुई वर्षअघि सञ्चालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै ‘मेरो पहिलो रोजाइ’ नाराका साथ अघि बढेको कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भिœयाउँदै आएको छ ।

त्यस्तै इसेवा मनि ट्रान्सफरमार्फत् ५० लाखभन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीले सहजै रकम पठाउँदै आएका छन् । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भन्नुभयो, ‘कार्य सञ्चालनको दुई वर्षमै सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौं । हाम्रो यस सफलताको श्रेय, सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक वर्गलगायत सम्पूर्ण शुभचिन्तकलाई दिन चाहन्छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?