भरतपुरमा रेनु र विजयबीच कडा टक्कर

Read Time = 1 min

चितवन । भरतपुर महानगरपालिकामा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिनुभएको छ । गठबन्धनको तर्फबाट माओवादीकी उम्मेद्वार रेनु दाहाललाई सुवेदीले १५ मतले पछि पर्नुभएको हो ।

सोमबार विहान ६ बजेसम्म भरतपुर महानगरको आठ हजार ५९१ मत गन्दा सुवेदीले तीन हजार ३१२ मत ल्याउनु भएको छ भने दाहालले तीन हजार ३२७ मत ल्याउनु भएको छ ।

यसअघि दाहालले १ र २ वडामा मत गन्दा झिनो मतले अग्रता बनाएता पनि ३ नम्बर वडामा सुवेदी अगाडि आउनु भएको हो ।

भरतपुर महानगरमा स्वतन्त्र उठेका जग्गनाथ पौडेलले पनि एक हजार मत कटाउनु भएको छ । उहाँले एक हजार दुई सय चार मत ल्याउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?