जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

Read Time = 1 min

विजय रावत
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका अध्यक्ष पदका उम्मेदवार दामोदरप्रसाद आचार्यले २ हजार ८०६ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले २ हजार ५६२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकलि बुढा विजयी हुनुभएको छ । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रीता खत्री पराजय भएको गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका आठ वटा स्थानीय तहको सबैभन्दा पहिलो मतगणना सम्पन्न हुने कनकासुन्दरी पहिलो बनेको छ । स्थानीय तह २०७४ को निर्वाचनमा पनि सो पालिका कांग्रेस विजयी भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?