भरतपुर महानगरपालिका : रेनु ३० मतले अगाडी

Read Time = 1 min

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ५७१८ मतका साथ अग्रता लिनुभएको हो ।

नेकपा एमालेका विजय सुवेदीले ५६८८ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २७८८ मत प्राप्त गर्नुभयो । दाहाल र सुवेदीबीच जम्मा ३० मतको फरक रहेको छ ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६९८२ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङ्ले ४६२८ मत पाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?