काठमाडौं । पछिल्लो समय कोरोना कहरले जनजीवनमा असर गर्न छाडेपछि चलचित्र नगरी पनि उकालो लाग्दैछ । नेपालका सिनेमा हलहरूमा विदेशीदेखि नेपाली चलचित्र लाग्न थालेका छन् । यसैबीच बन्द भएका हल खुलिरहेका छन् भने कतिपय ठाउँमा नयाँ हलनै खुलिरहेका छन् ।
यसैक्रममा आगामी शुक्रबारबाट काठमाडौंमा अर्को सुविधा सम्पन्न मल्टिप्लेक्स थपिने भएको छ । जमलस्थित नेपालको पुरानो विश्वज्योति हल मल्टिप्लेक्स स्वरूपमा सञ्चालनमा ल्याउन लागेको हो । शुक्रबारबाट सञ्चालनमा आउने उक्त हलको मंगलबार कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गर्नुभयो । कुनै बेला यो हलले निर्मातालाई सर्वाधिक शेयर दिने गथ्र्यो ।
थुप्रै नेपाली चलचित्रले विश्वज्योतिमा कीर्तिमान राखेका छन् । चलचित्र ‘चिनो’ यो हलमा ३२ हप्तासम्म चलेको थियो भने ‘दर्पणछायाँ’ र ‘ठुल्दाइ’ले आफ्नो पूरा लगानी यो एउटै हलबाट उठाएका थिए । यो हलमा सय दिनको रेकर्ड राख्ने नेपाली चलचित्रको सूची निकै लामो छ । विश्वज्योतिले ‘चिनो’ र ‘राँको’ गरी दुई चलचित्र निर्माण पनि गरेको छ । विश्वज्योति हल २०१३ सालमा स्थापना भएको हो ।
पुरानो हल भएको आडमै खडा भएको पाँच तले विश्वज्योति मलको माथिल्लो तल्लमा दुई अडिटोरियमको विश्वज्योति सिनेमाज् खुलेको हो । हलको एउटा अडिटोरियममा २०१ र अर्को अडिटोरियममा ८९ सिट संख्या रहेको विश्वज्योतिका अध्यक्ष मोहन सरार्फले बताउनुभयो । शुक्रबारबाट ‘लक्का जवान’, ‘डक्टर स्ट्रेन्ज २’लगायत चलचित्रप्रदर्शन गर्दै हल औपचारिक रूपमा खुल्नेछ ।
एनसेलको गैरकानुनी सेवा विस्तारमा उद्योग
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच