बालेनका गुरु नरसिंहको ११ औंपटक वडाध्यक्ष बन्ने सपना अधुरै

Read Time = 2 mins

ललितपुर। ललितपुर महानगरपालिका-१० मा ११ औं पटक वडा अध्यक्ष बन्न उम्मेदवारी दिनुभएका नरसिंह व्यञ्जनकार पराजित हुनुभएको छ । व्यञ्जनकार २८२ मतान्तरले पराजित हुनुभएको हो ।

नरसिंह आफ्नै ४४ वर्षीय भतिजसँग पराजित हुनुभएको हो। नेपाली कांग्रेसबाट उम्मेदवार उहाँका भतिज रविनमान व्यञ्जनकारले ८२५ मत ल्याउनुभएको छ नरसिंहले ५४३ मत मात्रै ल्याउनुभयो । व्यञ्जनकारले पुतली चुनाव चिन्ह पाउनुभएको थियो ।

८१ बर्षीय नरसिंह स्वतन्त्रबाट उम्मेदवारी दिएर यसअघि १० पटक यहाँको वडा अध्यक्ष भइसक्नुभएको छ ।

काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले व्यञ्जनकारलाई ‘राजनीतिक गुरु’ मान्नुभएको छ ।

नरसिंहको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको थियो। उहाँ राजनीतिमा आउनुअघि नारायणहिटीमा निर्माणको काम गर्नुहुन्थ्यो। पञ्चायतकालमा पनि वडाध्यक्ष व्यञ्जनकारको लोकप्रियता एकदमै थियो। २०७४ मा पनि उहाँले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?