रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

Read Time = 1 min

चितवन । रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा निर्वाचित हुनु भयो ।

सापकोटाले निवर्तमान उपमेयर समेत रहनुभएको एमालेकी विमला दुवाडीलाई आठ हजार ७१ मतअन्तरले पराजित गनुृभयो । सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा भने एमालेका यादव पाठक ११ सय ६० मतान्तरले निर्वाचित हुनुभयो । पाठकले १३ हजार ५१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत ल्याउनु भयो ।

रत्ननगर नगरपालिकाका १६ वडामध्ये कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले एकरएक वडा जितेका छन् । स्वतन्त्र उम्मेदवारले एमाले र समाजवादीका उमेदवारलाई पराजित गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?