अशोक धनञ्जय
प्रकृतिले शरीरको रचना यसरी गरेको छ कि, अधिकांश रोगको उपचार हामी आफैंभित्र छ । अक्युप्रेसर पद्धति त्यही अनुरूप विकास भएको हो, जसले शरीरको विशेष बिन्दुहरूमा दबाब पैदा गरेर रोग निर्मूल पार्छ । यसको कुनै साइड इफेक्ट नभएको बताइन्छ । स्वस्थ अवस्थामा पनि अक्युप्रेसर विधि अपनाउन सकिन्छ, जसले शरीरलाई स्थिर र शान्त राख्छ । साथै कुनै उपचार गराइरहेको छ भने पनि त्यसैसँग अक्युप्रेसर गर्न सकिन्छ । अक्युप्रेसर एकदमै प्राकृतिक उपचार विधि हो ।
अक्युप्रेसर के हो त ?
चिकित्साका थुप्रै पद्धतिमध्ये अक्युप्रेसर पनि एक चिकित्सा पद्धति हो । चिनियाँ भाषाको ‘एक्यु’ बाट यसको विकास भएको छ, जसको अर्थ हो पोइन्ट अर्थात् बिन्दु । शरीरको खास बिन्दुमा सूईले दबाब दिएर रोगको उपचार गरिने पद्धति साथै हात वा अन्य कुनै वस्तुले दबाएर पनि यो विधि अपनाउन सकिन्छ । हाम्रो शरीरको केही बिन्दुले केही रोगको निदान गर्ने सामथ्र्य राख्छ । यदि त्यस बिन्दुमा विशेष किसिमले दबाब दिइयो भने, शरीरका सम्बन्धित रोगबाट छुट्कारा मिल्छ । शरीरका यी बिन्दुमा बायोइलेक्ट्रिकल आवेग पैदा हुन्छ र ऊर्जा प्रवाह गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ साथै मांसपेशीमा आराम पनि । चिन्ता र तनावसमेत हटाउँछ ।
- अक्युप्रेसरमा के मानिन्छ भने, हाम्रो शरीरमा बाह्र च्यानल हुन्छ, जो शरीरको प्रत्येक हिस्सासँग सम्बन्धित छ । यो च्यानल अन्ततः तान्त्रिक तन्त्रसँग जोडिन्छ ।
- जब शरीरको कुनै पनि भागमा रोकावट हुन्छ, अक्युप्रेसरको माध्यमबाट त्यसमा दबाब दिइन्छ । त्यही दबाबले उक्त रोकावट हट्छ । फलतः रक्त प्रवाह हुन्छ । अक्सिजन र सकारात्मक ऊर्जाको समुचित प्रवाह हुन्छ ।
- अक्युप्रेसरले रोग निवारणमात्र गर्दैन, यसले राम्रो र स्थिर जीवन पनि सुनिश्चित गर्छ ।
- अक्युप्रेसरलाई अन्य चिकित्सा विधिसँगै अपनाउन सकिन्छ ।
अक्युप्रेसर प्रभाव
- स्नायु संस्थानमा व्याप्त विकृति हटाउन ।
- मांसपेशीमा आवश्यक लचकता ल्याउन ।
- छालामा स्फूर्ति पैदा गर्न ।
- शरीरको आवश्यक तत्वमा रक्त प्रवाह राम्ररी गराउन ।
प्रमुख अक्युप्रेसर प्वाइन्ट
ज्वाइनिङ द भ्यालीः यो बिन्दु बुढीऔंला र चोरऔंलाको बीचमा हुन्छ । यहाँ दबाउँदा टाउको दुखेको, दाँत दुखेको, गर्दन दुखेको, काँध दुखेको, कब्जियत भएको, हृयाङओभर भएको अवस्थामा राहत मिल्छ ।
पेरिकार्डियमः यो प्वाइन्ट हत्केलाभन्दा लगभग दुई औंला तल नाडीमा हुन्छ । यहाँ दबाउँदा बेचैनी, ज्वरो, बान्ता, पेटको गडबढी, छाती दुखेको ठीक हुन्छ ।
थर्ड आई प्वाइन्टः यो बिन्दु दुवै आँखी भौंको मध्य र नाकको ठीक माथि हुन्छ । मानसिक शान्ति, स्मृति क्षमता बढाउन तथा तनाव, थकान, टाउको दुखाइको समस्याबाट पार पाउनका लागि यो बिन्दुमा दबाउनुपर्छ ।
सी अफ ट्रयांकुलिटीः यो बिन्दु छातीको ठीक बीचमा हुन्छ । यहाँ दबाउँदा एन्जाइटी, नर्भसनेस, डिप्रेसन, हिस्टेरिया र इमोसनल समस्यामा फाइदा मिल्छ ।
लेग थ्री माइल्सः यो बिन्दु घुँडाको तल लगभग चार औंलाको दूरीमा हुन्छ । यहाँ दबाउँदा अपच, पखाला, कब्जियत, पेट फुलेको, ग्यास्ट्रिक, पेटको दुखाइ जस्तो समस्या हट्छ ।
कमान्डिङ मिडिलः यो बिन्दु घुँडाको ठीक पछाडिको भागमा हुन्छ । यहाँ दबाउँदा कम्मरको दुखाइ, घुँडाको दुखाइ आदि ठीक हुन्छ ।
इयर प्वाइन्टः यो प्वाइन्ट कानको माथिल्लो भागमा हुन्छ । यहाँ दबाउँदा चुरोटको लत, तनाव, डिप्रेसन, अनिद्रा आदि समस्या हट्छ ।
हृयाभनेली पिलर प्वाइन्टः यो प्वाइन्ट गर्दन र टाउकोको ठीक मध्य भागमा हुन्छ । तनाव, थकान, गर्दन दुखाइ हटाउनका लागि यहाँ दबाउनुपर्छ ।
स्याकरल प्वाइन्टः यो बिन्दु मेरुदण्डको सबैभन्दा अन्तिम भागमा हुन्छ । यहाँ दबाउँदा मासिक श्रावसम्बन्धी अनियमिततामा राहत मिल्छ ।
बिगर रशिङ : यो बिन्दु खुट्टाको बुढी औंला र अन्य औंलाको बीचमा हुन्छ । आँखाको थकान, हृयाङओभर हटाउन यहाँ दबाउनुपर्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
मानिसले आफू निरोगी बन्नका लागि अनेक उपायहरू खोज्नेक्रममा अक्युप्रेसर पनि एक उपायका रूपमा अवलम्बन गरेको छ । यसका खोजकर्ताहरूले यो विधिलाई स्वस्थ रहनका लागि सजिलो र राम्रो विधि मानेका छन् । अन्य विभिन्न रोगहरूमा पनि यसका अलग–अलग प्वाइन्टहरूलाई विस्तृत जानकारी गराइएको पाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच