नबिलद्वारा एनबी प्राप्ति प्रस्ताव पारित

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) लाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । शनिबार सम्पन्न एनबी बैंकको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ता पिकेएफ टिआर उपाध्याय एन्ड कम्पनीले सिफारिस गरेको सेयर स्वपलाई पनि सभाले पारित गरेको छ ।

प्राप्तिका लागि संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनअनुसार सिफारिस गरिएको सेयर आदानप्रदान अनुपातमा व्यावसायिक अवसर, व्यवसायको प्रतिष्ठा, कर्मचारीको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिति, मुनाफा वितरणलाई आधार बनाइएको थियो । नबिल बैंकको सय कित्ता सेयर बराबर एनबीको ४३ कित्ता सेयर प्रदान गर्ने गरी प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव छ । हाल नबिलको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबीको करिब १० अर्ब नौ करोड रहेको छ । प्राप्तिपछि चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ ।

एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिलको शाखा सञ्जाल दुई सय ४१ र एटिएम संख्या दुई सय ९२ पुग्नेछ । नबिलले एनबीलाई गाभ्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?